Dobato
  Dobato  

 literature is a kind of poison. www.freewebs.com/dobato 

    

 
 

Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | avilekhalaya | other links | About us |


 

 
Type your title here.
   


  
काठमाण्डौं
                           
सुमित्रा वांग्देल ुचेलीु
काठमाण्डौं
जीवित पुतलीहरुको संग्राहलय
सोकेस भरि
नांग्लो भिर
सपनाहरु सजाउँदैबेच्दै
चर्खाहरुमा
तानहरुमा
रहरहरु तुन्दैबुन्दै
अनवरत थेगीरहेछ
एउटा निरीहपन
भोगीरहेछ
एउटा आशक्त वैंश
अनुबाद भएर
प्रस्तर मूर्तिहरुमा
त्यो मूर्ति कालप्रबाहमा हेलिँदै
युग हेर्ने जंग बहादुरको पनि हुन सक्छ
जो हातमा चाबुक लिएर
उल्टो कोर्रा सहिरहेछ
यो चार भाज्यांगभित्रको गालाघर
आदिम संस्कृतिको संग्राहलय
अभाब आडम्बरको संयोजन
अशक्त वृद्ध पहरेदार घण्टाघर
आफ्नो जवानी सिद्धिएको
बिद्रुप अनुहार
रानीपोखरीमा नियाल्दै
भोगीरहेछ अभिषप्त जीवन
टुकुचा जस्तो भाग्न सक्तैन
चोभारको गल्छी भएर
काठमाण्डौं रानी पोखरी पनि हो
पानी नभए पनि सुक्नु हुँदैन
काठमाण्डौं धरहरा पनि हो
स्वभीमान लत्रे पनि झुक्नु हुँदैन
जताततै रंगी बिरंगी पतुलीहरु
सम्होनयुक्त आँखा आँखामा बिरानोपन
केवल निर्जीवता
एउटा भ्रम
काठमाण्डौं
                                                        
दमक ११ झापा


____________________________________________________

This Site has been designed for 800x600 resolution and Macromedia Flash Player 5. ________________________________________________________________________________ 

 
 © dobato internet literical magazine
 

 

 

Create a free website at Webs.com