Dobato
  Dobato  

 literature is a kind of poison. www.freewebs.com/dobato 

    

 
 

Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | other links | About us |


 

 
lebnana ma nepali... Rakesh karki
   


       लेबनानमा नेपाली

                                  - राकेश कार्की, क्यानाडा [8th august 2006]

 

मिसाइल बमका चट्याड०्मा

किर्ंकर्तव्यविमूढ मृत्युको संघारमा

आफ्नै आंशुमा आफै डुबीरहेछन्

सहयोगको त्यान्द्रो समाउन खोजीरहेछन्

हजारौं परीश्रमी नेपाली लेबनानमा

कठै छट्पटाउदै मृत्युको घानमा

 

अरु राष्ट् तंछाड मछाड लागीपर्याछन्

छानी छानी निकाल्दै ओसारीरहेछन्

युद्ध भवसागरबाट खोज्दै दायांबायां

आफ्ना नागरीकको कति धेरै माया

 

राणाकाल देखी राजाकाल सम्म

पंचायत, कांग्रेश एमाले सरकार सम्म

देश सधैं भसाए अधोगति तिर

जनतालाइ घोकर््याए गरीबी तिर

जो पनि एक क्षण आफू मात्रै उभिए

नेपाली हुं नेपाल मेरो हो भन्ने विर्सिए

 

बिकशित राष्ट्सरी कदम बढाएको भए

नेपालीको जीवनस्तर माथी उठाएको भए

अलिकति देशको ढुकुटी जोगाएको भए

देश जनताको स्नेह मुटुमा भए

अहिले भारतलाइ हात जोड्न पर्दैनथ्यो

अरुको उद्धार टोलीलाइ टुलुटुलु हर्ेन पर्दैनथ्यो

 

यस्तो संकटको घडीमा केही गर्नैपर्छ

बिचल्ली नेपालीलाइ जोगाउनर्ैपर्छ

अहिले कोफी आननलाइ पठाएका पत्र

भन्दा विशेष जोड दिएर जरुरी पत्र

नेपाल सरकारले लेख्नै पर्छ

सकुशल वापसीको अपिल गर्नैपर्छ


____________________________________________________


   

                                          Thank you for visiting.   


मुख्य पेज  कविता  गजल  गीत   मुक्तक  हाईकू / तांका  रचना सम्प्रेषण
   फोटो ग्यालरी  म्युजिक भिडियो   च्याट रुम    गेष्ट बुक  हाम्रो बारेमा  

____________________________________________________

This Site has been designed for 800x600 resolution and Macromedia Flash Player 5. ________________________________________________________________________________ 

 
  All right reserved by ©Dobato internet literary magazine.   Mailing address:-dobato@emails.la
 

 

 

Create a free website at Webs.com