सम्झनालाई मायालु समुन्द्र छेक्दैन पिरतीमा क्षितिजको पर्खाल हुदैन ।
सम्झिरहने माया साँच्ने मुटु संगै हुन्छ यहि मनमा संसार साध्ने रंग जादु हुन्छ, ब्रि्रनेको मायालु केहि जात हुदैन पिरतीमा क्षितिजको पर्खाल हुदैन ।
बल्झिरहने मुटुको घाउ अतित प्यारो हुन्छ अश्रुधारा संगै बग्ने माया असीम हुन्छ बेइमानीको मायालु केहि छाप हुदैन पिरतीमा क्षितिजको पर्खाल हुदैन ।
|