जति बग्छ बगोस आँसु सम्झनामा रोइदिन्छु मनभरिका पीडा आज आँसुले नै धोइदिन्छु
तोडिदैनन् वाचाकसम, मोडिदैनन् बाटाहरु सत्य-सत्य म आगो पनि छोइदिन्छु
माया गर्ने आधार विस्वासको स्तम्भलाई हेरिदिए आजै हजुर मन पनि फोइदिन्छु
तस्वीर मात्रै हेरुँ कति, सम्झनाले पोल्छ छाती भिजेका यी सिरानीमै त्यसैत्यसै खोइदिन्छु
जति बग्छ बगोस आँसु सम्झनामा रोइदिन्छु मनभरिका पीडा आज आँसुले नै धोइदिन्छु
*पतिदेव प्रतिको र्समर्पणमा
|