गजल
- देव गुरुङ् [11th, august 2006]
तिमी सग भेट हुंदा हासे आन्जानमा ।
सपना झै माया प्रीति गांसे अन्जानमा ।।
मायाको परिभाषा थाह छैन मलाइ ।
तिम्रो तस्बीर मुटुमा टांसे अन्जानमा ।।
पाधेंरोमा लुकि बस्थे तिम्रै प्रतिक्षामा ।
म मिर्मिरेमा भाले भै बासे अन्जानमा ।।
अचम्मै भो दम,खोकि केहि रोग छैन ।
माया सल्काइ मुटुमा खांसे अन्जानमा ।।
अन्न बाली उब्जिएन बालुवाको खेतमा ।
ब्यर्थै मैले बांझो जोति चासे अन्जानमा ।।
-घाचोक कास्की
हाल हङ्कङ्